महालक्ष्मी विकास बैंक २९ औं वर्षमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड २८ वर्ष पुरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । २९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशभरका १ सय ३ वटा शाखाहरुमार्फत विविध कार्यक्रम आयोजना गरेको जनाएको छ । रक्तदान कार्यक्रम, वित्तीय साक्षरता लगायतका विविध कार्यक्रम आयोजना गरेको छ ।
बैंकले देशभरका शाखाहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले २० जेठदेखि महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२३ आयोजना गर्ने भएको छ । २२ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने बैंकले जनाएको छ ।
वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि धन्यवाद दिए । उनले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सबै नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरे ।