काठमाडौँ महानगरपालिकाले हटायो अस्थायी प्रहरी बिट

काठमाडौं । काठमाडौं महानगरपालिकाले जडीबुटीको अस्थायी प्रहरी बिट हटाएको छ । महानगरले सोमबार डोजरको प्रयोगमार्फत जडिबुटीमा रहेको अस्थायी प्रहरी पोष्ट हटाएको हो ।

काठमाडौँ महानगरपालिकाले विगतदेखि नै सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउने काम जारी राखेको छ । यसअघि महानगर पालिकाले मैतीदेवी मन्दिर र पुरानो बसपार्क छेउमा रहेको प्रहरीको अस्थायी संरचना हटाएको थियो ।

यस अघि काठमाडौंँ महानगर पालिकाका मेयर बालेन्द्र शाहले सामाजिक संजालमा सडक क्षेत्रमा रहेका संरचना हटाउने सुचना गत चैत्र २५ जारी गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *