यर्थाथपरक बजेट ल्याउन अर्थमन्त्रीलाई डा.स्वर्णिम वाग्लेको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीका सांसद स्वर्णिम वाग्लेले अर्थमन्त्रीलाई यर्थाथपरक बजेट ल्याउन आग्रह गरेका छन् ।
मंगलबार नीति तथा कार्यक्रममा बोल्दै सांसद वाग्लेले सरकारले ल्याएको निति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज जस्तै भएकाले विगतको भन्दा वर्तमान परिस्थितिलाई सुधार्नसक्ने बजेट ल्याउन अर्थमन्त्रीलाई आग्र गरेका हुन् ।
विगत देखि नै दस्तावेजमा कर्मकाण्डीका लागि मात्र ल्याएको र कार्यन्वयनमा कमि आएकाले अहिलेका अर्थमन्त्रीले देश काल र परिस्थितलाई बुझेर देशको सबै पक्ष सुधार गर्न वास्तविक बजेट ल्याउनुपर्ने बताए । सरकाले ल्याको नीति तथा कार्यक्रमका वारेमा वादविवाद गरेर मात्र नहुने भएकाले जनताको माग सम्बोधन गर्न सक्ने बजेट ल्याएर कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ ।
सकरकाले ल्याएको नीति तथा कार्यक्रमलाई उताउलो नलिनुपर्ने उनले बताए । सिद्धान्त तथा प्राथमिकता एकै ठाउँमा गाबौँ , दिगो विकास, मध्यकालीन खर्च ,बजेटमा छुट्याएका पक्षहरु दफामा दिएको जस्तै गरेर गए राम्रो हुने उनले बताए ।
सरकाले ल्याएको नीति तथा कार्यक्रममा बोल्दै उनले विकासका लागि कोरेको मार्गचित्र केही भत्किएकाले मर्मत गरेर अगाडी बढाउनुपर्ने बताए । विगतका तुलनामा यस पटक वास्तविका बजेट ल्याएर प्रणाली सु्धारमा ध्यान दिनु पर्ने बताए । पूर्वधारका निमार्णमा नै अहिले सरकारले नयाँ ढङगले अगाडी बढनुपर्ने बताउँदै उनले भने,‘ राजनैतिक सुधारका लागि सिर्जनसिल भएर अगाडी बढ्नुपर्छ ।’