एनआईसी एशियामा भिडियो केवाइसीमार्फत थप ५ वटा सेवा


काठमाडौं । एनआईसी एशिया बैंकले भिडियो केवाइसीमार्फत थप ५ वटा सेवा संचालनमा ल्याएको छ । बैंकले भिडियो केवाइसीमार्फत केवाइसी अपडेटका साथै खाता सुचारु, खाताको स्कीम परिवर्तन, स्ताक्षर अद्यावधिक र मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्ने सकिने सेवा संचालनमा ल्याएको हो ।

बैंकले घर वा अफिसबाटै लिन सकिने यी पाँच नयाँ सेवाहरू एनआईसी डटकम मा रहेको ‘एप्लाई नाउ’ ट्याप गरी भिडियो केवाईसीबाट सेवाहरू मध्ये ग्राहकले इच्छाएको सेवा छनौट गर्न सक्नेछन् । साथै, ग्राहकले दिएको अनुकुल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।

बैंकको अनुसार सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै एक परिचयपत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचयपत्र तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनुपर्नेछ । बैंकले नयाँ सेवाको सुरुवातसँगै ग्राहकको विद्यमान खातामा नयाँ विवरण राख्नका लागि केवाईसी विवरण अद्यावधिक गर्न, निष्कृय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न सकिने जनाएको छ । बैंकले हाल ३७ लाखभन्दा बढी ग्राहकहरू माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । स्वदेश तथा विदेशमा रहेका लाखौं ग्राहकले भिडियो कलबाट सेवा लिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *