अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले कोभिड खोप कार्ड अनिवार्य नहुने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाईयात्रामा नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप अनिर्वाय नहुने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत आइतबार एक पत्र पठाउँदै कोभिड–१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय गरेको हो ।

अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले साथमा बोक्नु पर्ने खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिर्पोट अनिवार्य बोक्नु नपर्ने भएको छ । , नेपालबाट विदेश जाने यात्रुले गन्तव्य मुलुकले निर्धारण गरेअनुसार कागजात बोक्नु अनिवार्य गरेको छ । विश्व स्वास्थ्य संकठनले ५ मे २०२३ मा एक सिफारिस जारी गरी कोभिड–१९ लाई विश्वव्यापी महामारीबाट हटाइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *