अन्तत: पिएसजी छोड्दै मेसीले

काठमाडौँ । लियोनेल मेसीले पिएसजी छोड्ने निश्चित भएको छ । पिएसजीका प्रशिक्षक क्रिस्टोफे गाल्टिएरले मेसीले पिएसजीमा आफ्नो सम्झौता नविकरण नगर्ने स्पष्ट गरेका छन् ।

क्रिस्टोफेले पिएसजीमा जुनको अन्त्यसम्म सम्झौता सकिएपछि मेसीले क्लब छोड्ने बताएका हुन् ।

मेसीले अब पिएसजीका लागि आगामी शनिबार राति हुने फ्रेन्च लिग वानको क्लेरमोन्टविरुद्धको खेल अन्तिम खेल हुने भएको छ ।

प्रशिक्षक क्रिस्टोफेले पत्रकार सम्मेलनमा भने-‘मैले मेसी जस्तो इतिहासकै महान खेलाडीलाई प्रशिक्षण गर्ने अवसर पाए । क्लेरमोन्टविरुद्धको खेल पिएसजीमा उनको अन्तिम खेल हुने छ ।’

२०२१ मा बार्सिलोनाबाट पिएसजी पुगेका मेसीले पिएसजीका लागि अहिलेसम्म ७४ खेल खेल्दै ३२ गोल गरेका छन् ।

पिएसजीमा मेसीले दुवै सिजनको लिग वान उपाधि जितेका छन् भने २०२२ को फ्रेन्च कप जितेका छन् ।

मेसी अब पिएसजी छोडेर बार्सिलोना जाने चर्चा भएपनि अहिलेसम्म बार्सिलोनासँग ठोस सहमति हुन सकेको छैन । आर्थिक समस्याका कारण बार्सिलोनाले मेसीलाई राम्रो प्रस्ताव दिन नसकेका कारण मेसीको बार्सिलोना फर्किने चाहना पुरा नहुने मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ ।

मेसीलाई साउदी क्लब अल हिलालले यसअघि नै ४ सय मिलियन युरोको बम्पर अफर गरिसकेको छ । मेसीले यस प्रस्तावका बारेमा अहिले विचार गरिरहेको र विभिन्न मिडिया रिपोर्टहरुमा मेसीले अल हिलालको प्रस्ताव स्वीकार गरिसकेको दाबि गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *