कांग्रेस सभापति शेरबहादुर र आरजुका छोरा जयवीरले शिवाना श्रेष्ठसँग विवाह गर्ने पक्का
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर र आरजु राणाका छोरा जयवीरको विवाह हुने पक्का भएको छ । जयवीरको विवाह प्रेमिका शिवाना श्रेष्ठसँग हुने पक्का भएको हो । केही हप्ताअघि उनीहरुले औँठी साटेका थिए ।
अहिले औपचारिक रुपमा इन्गेजमेन्ट गरेका हुन् । दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिंदै आशीर्वाद दिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका जयवीर र शिवानाले आगामी भदौमा विवाह गर्ने भएका छन्।