प्रधानमन्त्री प्रचण्डको प्रश्न- राष्ट्रपतिले फेरी विधेयक होल्ड गरे के हुन्छ ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले यसअघि जस्ता आउदा दिनमा विधेयक होल्ड गरिदिए के हुन्छ भन्दै प्रश्न गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँनेक्रममा प्रधानमन्त्री प्रचण्डले तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले दुई दुई पटक पारित भएको विधेयक होल्ड गरेको र अहिले सहि विधिबाट गल्ती सच्याइएको बताए ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिकहाँ पठाएपछि अहिलेका राष्ट्रपतिले पनि पहिलेजस्तै विधेयक होल्ड गरे के हुन्छ भन्दै प्रश्न गरे ?
उनले भने- ‘हामीले प्रतिनिधि र राष्ट्रियसभाबाट विधेयक पारित गरेर पठायौँ, फेरि दराजमा गएर थन्कियो भने हाम्रो हालत के हुन्छ ? हाम्रो लोकतन्त्रको भविष्य के हुन्छ ? हाम्रो यो संविधानको भविष्य के हुन्छ ? भन्ने प्रश्नलाई सबैले गहिरोसँग विचार गरौँ त ।’
उनले यसो भएमा लोकतन्त्र र संविधानविरुद्ध नजिर बस्ने उनले जिकिर गर्दै संविधान र व्यवस्थामाथि घात हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले सहि विकल्पमा गएर राष्ट्रपतिले संविधानलाई डिरेल उत्पन्न गराउने खतरा टरेर गएको स्पष्टीकरण दिएका छन् ।