पहिलो पटक नेपाल–चीन मैत्री ड्रागन बोट रेस फेस्टिभल हुदैँ

काठमाडौँ । पोखरामा पहिलो पटक नेपाल–चीन मैत्री ड्र्यागन बोट रेस फेस्टिभल हुने भएको छ । दुई देशबीचको सांस्कृतिक र जनताबीचको सम्बन्धलाई सुदृढ गर्दै चिनियाँ पर्यटकलाई नेपालमा आकर्षित गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिएका छन् । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त पहलमा डुङ्गा दौड हुन लागेको हो ।

फेवातालमा असार ८ र ९ गते हुने मेलाको तयारी सुरु भएको छ । श्रेष्ठले महोत्सवअन्तर्गत हुन लागेको डुङ्गा दौडका लागि चीनबाट आठवटा विशेष डुङ्गा पोखरा ल्याइएको जानकारी दिए । एक हजार र पाँच सय मिटर दौडमा चीनका चार र नेपालका चार गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

महोत्सवमा चीनबाट विशेष अतिथिको सहभागिता रहने भएको छ । नेपाली तथा चिनियाँ परिकार तथा चिनियाँ सांस्कृतिक कार्यक्रम महोत्सवको थप आकर्षण हुनेछ । नेपाल–चीन ड्र्यागन बोट रेस फेस्टिभलमा सहभागी हुन ६० खेलाडीसहित २ सय ६० खेलाडी चार्टर्ड विमानमा चिनबाट पोखरा आउने आयोजकले जनाएको छ ।

चिनियाँ टोली चीनबाट दुईवटा चार्टर्ड विमानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । महोत्सवमा १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको श्रेष्ठ बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *