इसेवा मार्फत् नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने


काठमाडौं । नेपाल टेलिकमको रिचार्ज इसेवा मार्फत गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर सार्वजनिक भएको छ । यो अफरमा सहभागी हुन एनटीसी प्रिपेड, एनटीसी पोस्पेड र एनटीसी डाटा प्याक एप वा इसेवाको वेबसाइट मार्फत रिचार्ज गनुपर्ने इसेवाले जनाएको छ । यो अभियान अवधि १५ असारसम्म लागु हुनेछ ।

यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्याब्याक प्राप्त गर्न सकिनेछ । रिचार्ज गरेको २४ घण्टा भित्र क्यासब्याक इसेवा वालेटमा जम्मा हुनेछ । कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो । जसले प्रति चार्ज ७५–१०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३ हजार वाट मोटरको जडान गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *