नक्कली भुटानी शरणार्थी प्रकरण: आजदेखि बालकृष्ण खाँणविरुद्ध थुनछेक बहस सुरु
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा बुधबारदेखि सुरु नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार पूर्वगृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट अधिवक्ताहरूले बहस गर्ने भएका छन् ।
खाँणका तर्फबाट बहसका लागि २२ जना अधिवक्ताहरूले वकालतनामा दिएका छन् । खाँणका तर्फबाट पूर्पमहान्याधिवक्तासमेत रहेका खम्बबहादुर खातीसहित रमण श्रेष्ठ, गोपालकृष्ण घिमिरेलगायतले बहसको तयारी गरेका छन् । यो प्रकणमा पक्राउ परेका १८ जनाको अदालती बहस सकिएपछि थुनछेक बहस चलिरहेको हो ।
अहिलेसम्म टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सन्दीप रायमाझीविरुद्धको बहस सकिएको छ । प्रतिवादीका तर्फबाट बहस गरेका कानुन व्यवसायीले सामान्य धरौटीमा छाड्न माग गरेका छन् ।
थुनछेक बहसपछि अदालतले उनीहरूलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिने छ ।