बाह्य शक्तिको हस्तक्षपपछि नेपालमा गाँजा प्रतिबन्ध लगाइयो : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् ।
आर्थिक वर्ष २०८०/ ०८१ को बजेटमाथि सांदहरुले उठाएको जवाफ दिने क्रममा सोमबार संसदमा अर्थमन्त्री महतले नेपाललाई गाँजा वैधानिक बनाएर परिचालन गरेको अवस्थामा अन्य देशले नेपाललाई सहयोग नगर्ने धम्किपूर्ण जवाफ दिएपछि बाह्य शक्तिका कारण गाँजालाई बैधाननिक बनाउन नसकिएको बताए ।
अहिले नेपालमा गाँजाको मान्यता राष्ट्रि«य स्तरमा नै मान्यता नपाउनुको मुख्य कारण बाह्य शक्ति भएकाले अब बाह्य शक्तिको डर मानेर नै आफ्नो देशमा भएको बस्तुको परिचालनमा गर्ने कुरामा पछि नह्टने हो की ? अतर्थमन्त्रीले सांसदहरुलाई प्रश्न गरे ।
अहिले नेपाललाई गाँजा वैधानिक बनाउने कुरामा प्रतिबन्ध लगाएर ती ठूला शक्ति राष्ट्रहरुले नाफा कमाएको अर्थमन्त्रीको भनाइ छ । विश्वमा अहिले गाँजाको प्रयोग मेडिकल प्रयाजनका लागि ठूलो व्यावसाय भएको अर्थमन्त्री महतले बताए ।