एनआइसी एशिया बैंकको ‘क्युआर मर्चेन्ट एक्टिभेसन’ योजना
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो क्युआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको क्युआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक गरेको छ । डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्याउने उदेश्यले बैंकले ल्याएको यो योजना असार मसान्तसम्म सञ्चालन गर्ने जनाएको छ । सो समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुने बैंकले जनाएको छ ।
यस योजना अनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट २ हजार बराबरका १० वटा ह्याम्पर, ट्रिकोट इन्डस्ट्रिजको तर्फबाट ५ हजार बराबरको १०० वटा भौचर, हार्ड रक कयाफेको तर्फबाट १० वटा नन भेज बिबिक्युको भौचर, बिग डिजिटलको तर्फबाट एक थान राइस कुकर, ब्रेकफास्ट मेकर तथा ह्यान्ड ब्लेन्डर र सिजी डिजिटलको तर्फबाट एक थान मिक्सर ग्राइन्डर, इन्डकसन कुकर तथा ड्राइ आइरनको व्यवस्था गरिएको छ ।
साथै, बैंकले ट्रन्क्युलिटी स्पाको तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक–एक हजारका ४ वटा भौचर, हुकुट स्टोरको तर्फबाट ६ वटा घडी एवं २ वटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई हजारका ५ वटा भौचर, अपटाउन रेष्टुरेन्टको तर्फबाट १५ सय बराबरको ५ वटा भौचर र स्क्वायर होटलको तर्फबाट दुई हजारका ३ वटा भौचर प्रदान गर्नेछ । योजना अनुसार यस बैंकले राखेको फोनपे क्यआर कोडमार्फत असार मसान्तसम्ममा पहिलो क्युआर भुक्तानी लिने सम्पूर्ण मर्चेन्टहरूले पटक पटक गरी २ सय भन्दा माथिको भुक्तानी लिँदा कुल १ सय क्यासब्याक प्राप्त गर्नेछन् ।