यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिष्टारमा नबिल इन्भेष्टमेन्ट
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिष्टारको कार्य नबिल इन्भेष्टमेन्टले गर्ने भएको छ । कम्पनीले सेयर रजिष्टार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेको थियो । यससँगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङबाट हुनेछ ।