आज बालकृष्ण खाँणको प्रतिरक्षामा बार अध्यक्ष घिमिरेले बहस गर्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा मंगलबार पनि थुनछेक बहस जारी रहने भएको छ । आज पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् ।

खाणको तर्फबाट बहसका लागि कानुन व्यवसायीहरुले वकालतनामा दिइसकेका छन् । खाणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन् ।

पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र खम्बहादुर खातीले पनि बहस गर्ने भएका छन् । सोमबार गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको पक्षमा बहस भएको थियो । खाणसहित पूर्व सांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *