प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि माओवादी सशस्त्र युद्धमा भाग लिएका र पछि यूएनको प्रमाणीकरणमा अयोग्य ठहर भएकाहरूका विषयमा उचित निर्णय नगर्नुका कारण पेस गर्न आदेश दिएको हो ।

माओवादी नेतृत्वको १० वर्षे सशस्त्र द्वन्द्वमा भाग लिएका बालसेनालाई संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले ‘अयोग्य लडाकु’ ठहर गरेपछि बाहिर निकालिएको थियो । तत्कालीन अयोग्य ठहर भएका लडाकु विष्टसहितले दायर गरेको मुद्दामा प्रारम्भिक सुनुवाइ भएको हो ।

अयोग्य लडाकु भनेर बिदा गरिएकामध्येका विष्टसहितले आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म न्याय नपाएको, बाल सेनाको पहिचानसमेत नभएकाले पहिचान दिएर परिपूरण क्षतिपूर्तिको माग गरेका छन् । विष्टसहितको मुद्दा जेठ १६ गते नै दर्ताका लागि सर्वोच्च लगिए पनि सर्वोच्च प्रशासनले दरपीठ गरेपछि दरपीठविरुद्धको निवेदनमा जेष्ठ २६ मा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दरपीठ खारेज गर्दै मुद्दा दर्ता गर्न आदेश गरेकाे थियो । त्यही आदेशका आधारमा २८ गते दर्ता भएको मुद्दाको मंगलबार प्रारम्भिक सुनुवाइ भएको हो ।

माओवादी द्धोन्दमा परेर पिडित बनेका विष्टमात्रै होइनन् । शसस्त्रद्धोन्दका क्र घाइते, अशक्त , अपाङ्ग , र अंगभङग भएकाहरुले अहिले सम्म न्याए पाएका छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *