सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट र क्रिम बेलमा छुट


काठमाडौं । सनराइज बैंक र देव्यानी इन्टरनेशनल नेपालबीच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य साथ बैंकले ग्राहकलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ ।

सोही क्रममा बैंकले केएफसी, पिज्जा हट र क्रिम बेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको हो । सम्झौता अन्तर्गत बैंकका ग्राहकले मोबाइल बैंकिङ्ग एपबाट नेपालपे कयुआर स्क्यान गरी देव्यानी इन्टरनेशनल नेपालद्वारा संचालित केएफसी, पिज्जा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक तुरुन्तै पाउनेछन् । यो योजना असार २१ गते बिहीबारसम्मका लागि लागु गरिएको बैंकले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *