प्रधानमन्त्रीद्वारा बैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् । सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
यसअघि बैठकले मुख्यसचिव बैरागीले दिएको राजीनामा समेत स्वीकृत गरेको थियो । राजीनामा स्वीकृत भएसँगै उनले नयाँ जिम्मेवारी पाएका हुन् । बैरागीको स्थानमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको छ ।