वानएक्स बेटको विज्ञापन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

काठमाडौँ । प्रतिबन्धित अनलाइन बेटिङ एप वान एक्स बेटुमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा नेपालका चर्चित कलाकार समेत रहेका छन्। पक्राउ पर्नेमध्ये एक जना बल्छी ध्रुबेु नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले तत्कालका लागि उनीहरूको नाम गोप्य राखेको छ। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।

यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो। त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *