ललितपुरको बाहुनधारामा बस दुर्घटना, १९ जना घाइते


काठमाडौं । ललितपुर जिल्लाको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा बिहान साढे ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले बताएको छ । गाडीमा २२ जना सवार रहेका थिए । गाडी दुर्घटनामा केही घाइते भएको खबर आएको छ ।

तर, ठूलो हताहत भएको छैन, जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता नवराज कार्कीले भने, घाइतेमध्ये १८ जनाको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । एकजना किष्ट अस्पतालमा उपचारपछि घर फर्किनु भएको छ । ओभर स्पिडमा रहेकाले गाडी दुर्घटना भएको उनले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *