संखुवासभामा जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता


काठमाडौं । संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका ४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । निर्माणाधीन सुपर हेवा हाइड्रोमा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको र तीनको उद्धार गरिएको डीएसपी गोदारले बताए ।

‘निर्माणाधीन हाइड्रोमा १९ जना कार्यरत थिए, १६ जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार भएको छ, डीएसपी गोदारले भने, ‘अरुको अवस्था थाहा हुनसकेको छैन । उद्धार गरिएका तीन जनालाई उपचारका लागि चैनपुर लगिएको छ । बाढीको क्षतीको थप विवरण आउन बाँकी छ । शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *