त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौं जिल्ला अदालत परिसरमा धर्ना दिन पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार काठमाडौँ जिल्ला अदालत परिसरमा होहल्ला गरेको आरोपमा चलाउनेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए । उनलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले बताए ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते त्रिवि नेविसंघका अध्यक्ष हरि आचार्यको समूहले साङ्घातिक आक्रमण गरेको थियो । आचार्यसहित ५ जनाविरुद्धको मुद्दा जिल्ला अदातलमा विचाराधिन छ ।

अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको थियो । तर, त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको भन्दै उनी जिल्ला अदालतमा प्रदर्शन गर्न पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *