महालक्ष्मी विकासका ग्राहकलाई विभिन्न संघसंस्थाले उपलब्ध गराउने सेवामा छुट


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले विभिन्न संघसंस्थाहरुले प्रदान गर्ने सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउनका लागि स्वास्थ्य, होटल, रेष्टुरेन्ट लगायत कला क्षेत्रका संघसंस्थासँग सम्झौता गरेको छ । सम्झौता अनुसार काठमाडौंको विशालनगरस्थित अरोजिन हेल्थ केयरले उपलब्ध गराउने सेवामा बैंकका ग्राहकहरूले ५ प्रतिशतदेखि अधिकतम ४५ प्रतिशत हेयर ट्रान्स्प्लान्ट एन्ड हेयर फल ट्रिटमेन्ट सम्म छुट पाउने छन् । यसैगरी सुनसरीको इटहरीस्थित होटल पाथिभरा इन्टरनेसनलको सेवामा १० प्रतिशत, काठमाडौंको मैतिदेवीस्थित बुइङ्‍गल लज एन्ड बारको सेवामा १५ प्रतिशत, लाजिम्पाटमास्थित एल्लो हात्तीले उपलब्ध गराउने सेवामा अधिकतम १० प्रतिशत छुट पाउने छन् ।


यसैगरी सुनसरीको इटहरी–६ स्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकन र काठमाडौंको मैतिदेवीमास्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकनले उपलब्ध गराउने सेवामा १०।१० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार छुट प्राप्त गर्नका लागि ती संघसंस्थाहरूबाट सेवा लिए वापतको भुक्तानी महालक्ष्मी विकास बैंकको डेबिट।क्रेडिट कार्ड एवम् मोबाइल बैंकिङमार्फत गर्नुपर्ने छ। विभिन्न संघसंस्थासँगको यस्तो सहकार्यबाट बैंकको डेबिटरक्रेडिट कार्ड एवम् मोबाइल बैंकिङ प्रयोगकर्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *