ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बाढीले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण शुरु

काठमाडौँ । गत असार ३ गतेको अविरल वर्षापछि आएको बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माण शुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुनर्निर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।

गत असार ३ गतेको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुनर्निर्माण थालिएको छ । मन्त्री प्रकाश ज्वालाले हेवा खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुख लगायत मातहतका निकायलाई निर्देशन दिएका थिए ।

सोमबार प्रधानमन्त्रीसहित मन्त्री ज्वाला बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए । प्रभावित क्षेत्रमै पुगेर मन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुनर्निर्माण थाल्न निर्देशन दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *