यामाहाको यामाहा ट्याक्स रिल्याक्स अफर , प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर निःशुल्क


काठमाडौं । यामाहाले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ रोमाञ्चक अफर सार्वजनिक गरेको छ । यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछन् । दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्चहरू पनि लाग्ने कम्पनीले जनाएको छ ।

यामाहा ट्याक्स रिल्याक्सले ग्राहकका अन्य आर्थिक बोझका चिन्तालाई हटाउन यो अफर ल्याएको जनाएको छ । यामाहा ट्याक्स रिल्याक्सका कारण ग्राहकहरूले सडक कर खर्चको चिन्ता लिनु नपर्ने भएकोले यात्रा आनन्दपूर्वक बन्न विश्वास यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले व्यक्त गरे । यसबाहेक विभिन्न आकर्षक अफरहरु ग्राहकलाई उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । शून्य प्रतिशत ब्याजदरदेखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिने कम्पनीको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *