टाटा मोटर्सका गाडी किन्न फाइनान्सिङ सुविधा


काठमाण्डौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गाडी किन्न ३ दिनभित्रै फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले टाटाको इभी नेक्सन र टिगोर किन्ने ग्राहकहरुका लागि छिटो, सरल र सहज फाइनान्सिङको सुविधा ल्याएको जनाएको छ । यस्तो सुविधा देशभरका सिप्रदीका कार्यालय तथा डिलरबाट उपलब्ध हुनेछ । कम्पनीका अनुसार विगत २ वर्षदेखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन इभी र टिगोर इभीको ८० प्रतिशतसम्म गाडी फाइनान्सिङ अब ३ दिन भित्रै हुनेछन् ।

उक्त फाइनान्सिङ नेपालभर फैलिएका विभिन्न ‘क’ वर्गका बैंकद्वारा १०.०५ प्रतिशतको न्यूनतम ब्याजदरमा उपलब्ध हुने कम्पनीले जनाएको छ । टाटा मोटर्सका विद्युतीय गाडी किन्न चाहनेलाई छिटो तथा सरल फाइनान्सिङ सुविधा दिन एभरेष्ट, नबिल, एनएमबि, ग्लोबल आईएमई तथा प्रभु बैंकसँग सिप्रदीले समझदारी गरेको छ । इभी प्रयोगकर्ताका लागि २० स्थानमा फास्ट चार्जिङ स्टेसनदेखि उच्चस्तरीय २३ स्थानमा सर्भिस सेन्टर विस्तार भइसकेको सिप्रदीले जनाएको छ । यो वर्ष चार्जिङदेखि सर्भिस स्टेशन अझ थप्ने सँगसँगै जनशक्तिको दक्षतालाई अझै बढाएर इभी लर्निङ सेन्टर तथा ट्रेनिङ सेन्टरको पनि निर्माण गर्ने कम्पनीको योजना छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *