बंगालदेशमाथि लेबनानको सहज जित

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप अन्तर्गत समुह बि को खेलमा लेबनानले बंगलादेशलाई पराजित गरेको छ ।

बैंगलोरको श्री कान्तिराभा स्टेडियममा विहिबार सम्पन्न खेलमा लेबनानले बंगलादेशलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लेबनानको जितमा खेलको ८०औं मिनेटमा हसन माटोउकले गोल गरेका थिए भने खेलको ९६औं मिनेटमा खलिल बाडेरले गोल गरेका थिए ।

योजितसंगै लेबनानले समुह बि मा महत्वपूर्ण ३ अंक बटुलेको छ । अब लेबनानले अर्को खेल भुटानसँग आगामी आइतबार खेल्ने छ भने बंगलादेशलै आइतबार नै माल्दिभ्सको सामना गर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *