सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई चन्द्रागिरी, मौलाकाली र लुम्बिनी केवलकारमा छुट


काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित केवलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकाली केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तीनवटै केवलकार कम्पनीहरुले छुट प्रदानसम्बन्धी सम्झौता गरेका हुन् । सम्झौता अनुसार बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, आश्रित परिवारहरु साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीले केवलकार टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

सशस्त्र प्रहरी बलको कल्याकारी योजना अन्तर्गत भएको यो सम्झौताबमोजिम छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचयपत्र, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीले पेन्सन पट्टा तथा आश्रित परिवारले नाता प्रमाणित कागजात देखाउनुपर्नेछ । सम्झौतापत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कँडेल र मौलाकाली तथा लुम्बिनी केवलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरी हिल्सका तर्फबाट महाप्रबन्धक सञ्जीव थापाले हस्ताक्षर गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *