कृषि विकास बैंकले ब्याज भुक्तानी गर्दा ७ प्रतिशत छुट


काठमाडौं । कृषि विकास बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ७ प्रतिशत छुट दिने भएको छ । बैंकबाट कर्जा लिई कारोवार गरिरहेका कर्जा ग्राहकहरूले असार मसान्तसम्म ब्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको ब्याज रकममा ७ प्रतिशत छुट दिने बैंकले जनाउको छ ।

बैंकले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै मिति असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा छुट दिने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *