चट्याङ लागेर दाङमा दुई जना मृत्यु


काठमाण्डौं । चट्याङ लागेर दाङमा शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए । उनका अनुसार केसी घाँस काट्न गएको बेला र चौधरी बारीमा तरकारी टिप्न गएको बेला चट्याङ लागेको थियो । दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *