काठमाडौँ महानगरले पूर्वाधार विकासमा ७ अर्ब ३४ करोड बजेट विनियोजन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वाधार विकासमा ७ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो ।

आज असार १० मा सार्वजनिक महानगरको बजेटमा पूर्वाधार क्षेत्रलाई ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको छ । महानगरले ‘उज्यालो सहर, मेरो महानगर’ योजनाका लागि ३० करोड बजेट छुट्याएको छ । यो योजना अन्तर्गत १०० वटा मुख्य चोकमा सडक बत्ती राखिनेछ ।

यस्तै, सफा र स्वच्छ काठमाडौँ बनाउनका लागि महानगरले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यस योजनामा ‘धुलोरहित काठमाडौँ’ योजना कार्यान्वयन गर्ने महानगरको योजना छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *