नेपालले विश्वकप क्वालिफायरको प्लेअफका दुई खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप क्वालिफायरको प्लेअफका दुई खेल खेल्ने भएको छ ।

जिम्बाब्बेमा जारी आईसीसी क्रिकेट विश्वकप क्वालिफायरको समूह चरणबाट बाहिरिएको नेपालले अब प्लेअफका दुई खेल खेल्ने भएको हो ।

शनिबार भएको खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएपछि नेपालले सुपर सिक्समा पुग्ने मौका गुमाएको थियो ।

१० देश सहभागी क्वालिफायरमा ६ देश समूह चरणपछि सुपर सिक्समा जाने छन् ।

त्यस्तै समूह चरणबाट बाहिरीने ४ देश भने सातौंदेखि १०औं स्थानको लागि प्लेअफ खेल खेल्ने छन् । प्लेअफमा समूह ‘ए’ को चौंथो स्थानमा रहने टोलीले समूह ‘बी’ को पाँचौं स्थानको टोलीसँग खेल्नेछ भने समूह ‘ए’ को पाँचौं स्थानको टोलीले समूह ‘बी’ को चौंथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

यी दुई खेलको विजेता टोलीले सातौं तथा पराजित हुने टोलीले नवौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्लेअफका खेल जुन ३० देखि जुलाई ६ सम्म हुने छन् ।

नेपाल ले प्लेअफमा को सँग खेल्ने भन्ने समुह चरणका सबै खेलपछि टुंगो लाग्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *