चिनियाँ अर्बपति ज्याक मा निजी विमानमा नेपालमा
काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन्।
बंगलादेशबाट चार्टर्ड विमानमार्फत मंगलबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
ज्याक मासहित ६ जनाको टोली नेपाल भ्रमणमा आएको र तीन दिन नेपालमा रहने बुझिएको छ। राज्य नियन्त्रित अर्थव्यवस्था रहेको चीनमा ज्याक मा पटकपटक सरकारको तारोसमेत बन्ने गरेका छन्।
सन् २०२० को अक्टोबरमा ज्याक माले एउटा सार्वजनिक कार्यक्रममा गरेको भाषणमा सरकार र चिनियाँ व्यवस्थाप्रति आलोचना गरिएको थियो । उक्त भाषणलाई लिएर चिनियाँ राष्ट्रप्रति सि जिन पिङ आक्रोशित बनेका थिए ।
जसकारण उनी दुई महिना चिनियाँ सरकारको नजरबन्दमा रहेका थिए । सरकारको निसानामा परेर विदेशिएका ज्याक मा गत चैतमा चीन फर्किएका थिए।