म विकृति विरुद्धको लडाइँमा छु, तपाईहरुले साथ दिनुस्: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकृति विरुद्धको लडाइमा आफू होमिएको बताएका छन् । भ्रष्टाचार, वेथिति र विकृतिको लडाइमा आफू होमिएको भन्दै उनले सहयोगको अपेक्षा समेत गरेका छन् ।
बुधबार ६ महिनामा भए गरेका कामहरुबारे जानकारी दिदै प्रधानमन्त्री प्रचण्डले आफूलाई यतिबेला सिंगो संसद र नेपालीको साथ आवश्यक रहेको बताएका छन् । उनले आफ्नो एकमात्रै उद्देश्य देशलाई सुशासनमा लैजाने र विकृति मुक्ता बनाउने रहेको भन्दै यसमा सबैको साथको अपेक्षा रहेको बताएका हुन् ।