संसदबाट बजेट पारित, पक्षमा १४७ र विपक्षमा १०८

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० पारित भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आयव्यय पारित गरियोस् भन्ने प्रस्तुत गरेको प्रस्तावको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको हो । बुधबार प्रतिनिधिसभामा २५५ सांसद उपस्थित भएका थिए ।

एमालेले ध्वनि मतका आधारमा सांसद संख्या कम हुने भन्दै मत विभाजनको प्रक्रिया माग गरेपछि सभामुख देवराज घिमिरेले त्यसरी नै प्रक्रिया थालेका थिए । जसअनुसार पक्षमा १४७ मत परेपछि बजेट पास भएको छ ।

अब सरकारलाई आगामी साउन १ गतेदेखि नयाँ बजेटअनुसार आयव्यय संकलन गर्न बाटो खुलेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *