गुरुको सेवा

गर्न सकिन गुरुको सेवा
दिनुस् ज्ञान मलाई अब ।
के गरि तर्छु पापको भारी
पाउँ पदवि जप्छु म हरि ।

सोचि विचार वुझ्नुछ पहिले
गुरुको आज्ञा लिनुछ मैले ।
तरेर पुण्य कमाउने सोच
जिवन भयो पापको बोझ ।

मानव शरीर हाम्रो जगत
डुलनु फिरनु व्यर्थको फगत ।
गुरुले आज्ञा दिए हुनेथ्यो
गुरुकै सेवा गर्ने मनथ्यो ।।

केहि सकिन जीवन भारी
डुलछु भुलछु वारि र पारी ।
नभो यो मन साम्य थिर
मुर्खतामा अल्झियो पिर ।

गुरुकै पथमा लम्किन पाउँ
गुरु विना छैननी ठाउँ ।
कर्म रुपि भावना हाम्रो
कहिले दुख कहिले छ राम्रो ।

सोचने वुझने धेय गएर
झुक्छौ हामि निरीह भएर ।
रुन्छौ हाँस्छौ मूर्ख बनेर
गुरुको पथमा लागौ भनेर।

कस्तो जीवन हरे रहेछ
दुईपाउँ टेक्या व्यर्थ भएछ ।
दिन गएसि रात हुनेछ
बिना अर्थको बोझ बनेछ ।
सह सचिव
देवडोल जीवन विज्ञान
सुर्य विनायक नगर पालिका
वडा नंं ३ वालकोट ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *