क्यानका महानिर्देशक अधिकारीले मन्त्री किरातीलाई टेरेनन्

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई सोधेको नौ बुँदे स्पष्टीकरणको सात दिने म्याद सकिएको छ ।

मन्त्री किरातीले महानिर्देशक अधिकारीले सरकारको नीतिविपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै गत असार ११ गते स्पष्टीकरण सोधेका थिए । त्यसबेलै अधिकारीले आफूले स्पष्टीकरण नदिने घोषणा गरेका थिए ।

मन्त्रीस्तरीय निर्णयबमोजिम सोधिएको स्पष्टीकरणको जवाफ महानिर्देशक अधिकारीले अन्तिम दिनसम्म नपठाएर पर्यटनमन्त्री किराती खिल्ली उडाएका छन् । क्यानका महानिर्देशकले स्पष्टीकरण सोधिएको दिनदेखि नै बरु कारबाही भोग्न तयार, तर कुनै हालतमा स्पष्टीकरण नदिने बताउँदै आएका थिए ।

सोमबार अधिकारीले ट्विटमा प्राधिकरण स्वायत्त निकाय भएको लेख्दै सुरूमै विधिसम्मत् सोध्नुपर्ने स्पष्टीकरण फेसबुकमा राखेर सार्वजनिक गरेको भन्दै जवाफ नफर्काउने बताएका थिए ।

आफूले सोधेको स्पष्टीकरण नबुझाएपछि अधिकारीलाई के गर्ने भन्ने निर्णय लिने तयारीमा पर्यटन किराती रहेका छन् । विभागीय मन्त्रीको खिल्ली उडाएपछि मंगलबार नै अधिकारीलाई कारबाही गर्ने मन्त्री किरातीले जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *