२० अर्ब तानेपछि पुनः बढ्यो अन्तर बैंक दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा बढी भएको तरलतामध्ये २० अर्ब रुपैयाँ तानेपछि अन्तर बैंक ब्याज दर फेयिर बृद्धि भएको छ ।

२ प्रतिशतमा झरिसकेको अन्तर बैंक सापटी दर बीच रिभर्स रिपोपछि ६ प्रतिशत पुगेको थियो । रिभर्स रिपोको अवधि सकिएपछि पुनः ३ प्रतिशतमा आएकोमा आज पुनः बढेको हो ।

मंगलबार राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बजारबाट तानेको थियो भने अहिले पनि बजारमा ५३ अर्ब रुपैयाँ अधिक तरलता छ ।

बैंकहरुका अनुसार बुधबार, अन्तर बैंक सापटीको औषत दर ५.०६ प्रतिशत रहेको छ । अधिकतम ५.३७ र न्यूनतम ४.४९ प्रतिशत छ ।

पछिल्लो समय निक्षेप निरन्तर बढेको तर ऋणको माग नहुँदा बैंकहरुमा तरलता थपिएको छ । थपिएको तरलताले अन्तर बैंक सापटी झर्न थालेपछि त्यसलाई ब्यवस्थापन गर्न राष्ट्र बैंकले रिभर्स रिपो गरिरहेको छ ।

राष्ट्र बैंकका अनुसार अहिले बाणिज्य बैंकहरुसँग कुल निक्षेप ४९ अर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । एक दिनमै निक्षेप ६ अर्ब रुपैयाँसम्मले बढिरहेको छ । ऋण भने ४३ खर्ब ४ अर्ब रुपैयाँमा सीमित छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *