ललिता निवास प्रकरणमा निष्पक्ष छानविनको आवश्यकता छ : माधब नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूलाई अनावश्यक विवादमा ल्याउन खोजिएको बताएका छन् ।
मंगलबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले यस्तो बताएका ह्न् ।
‘ ललिता निवास जग्गा प्रकरणमा उचित्त छानविन हुन आवश्यक रहेको बताउँदै उनले भने,‘ मेरो पनि नाम जोडिएको छ । मसहित धेरै पूर्व प्रधानमन्त्रीको नाम जोडिएको छ । प्रमाणका आधारमा छानविनको प्रक्रियालाई चाँडो अघि बढाएर दोषिलाई कारबाही र निर्दोषलाई उन्मुक्ति दिनुपर्छ ।’
‘न्यायसंगत छानबिन गरी यस जग्गा प्रकरणमा नाम जोडिएकाहरुको निष्पक्ष छानविन गरि कानुनको दायरामा ल्यानुपर्ने उनले बताए ।
उनले सबै सरकारी जग्गाको अनियमितताबारे छानबिन गर्नुपर्ने, नेपाल ट्रष्टदेखि सबै सरकारी जग्गाको छानबिन हुनुपर्ने बताए । ‘त्यसो भयो भने आम मान्छे डराउँछन्। जसले गर्दा अनियमितता, अतिक्रमण रोकिन्छ, र भ्रष्टाचार पनि नियन्त्रण हुन्छ’ उनले भने,