हिमालयन लाइफले भुक्तानी गर्यो १ करोड रुपैयाँको मृत्यु दावी


काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क १ करोड रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देवबहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी रकम भुक्तानी गरेको हो । साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा तीन बर्ष अघि १ करोड रुपैयाँको जीबन बीमा गरेका देवबहादुर खत्रीको मृत्यु पश्चात सो दावी रकम प्रदान गरिएको हो ।

कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गर्नु भएको हो । कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितको पत्नी यमुना चालिसेले समयमानै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने कार्य भएको बताए । कम्पनीले आवश्यक प्रक्रिया पुरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *