भारतको मणिपुरमा यौन हिंसाको भिडियो सार्वजनिक

काठमाडौं । भारतको मणिपुरमा मैतेई र कुकी समुदायकाबीचको हिंसक संघर्षका क्रममा २ महिलामाथि यौन हिंसा भएको भिडियो सार्वजनिक भएको छ ।

भिडले दुई महिलालाई निर्वस्त्र पारेर लखेटिरहेको भिडियोमा देखिन्छ । यो भिडियो सार्वजनिक भए लगत्तै भारतका सत्ता पक्ष तथा विपक्ष दलका नेताहरूले घटनाप्रति आपत्ति जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनाबाट आफ्नो हृदय पीडाले भरिएको बताएका छन् । उनले घटनाका दोषीलाई कुनै पनि हालतमा कारबाही गर्ने पनि बताएका छन् ।

मणिपुर प्रहरिले यो घटद्दा ४ मेको भएको र घटनामा संलग्न अपरिचित समूहमाथि अपहरण, सामुहिक बलात्कार र हत्याको अभियोगमा मुद्दा चलाइएको बताएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको पनि प्रहरीले बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले दोषीलाई फाँसी दिने प्रयास गर्ने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *