एनआइसी एसिया बैंक २६औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव मनाउँदै छ।

२६ वर्षअघि आजकै दिन सुरु भएको आत्मीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २६औँ वार्षिकोत्सव मनाउन गइरहेको बैंकले जनाएको छ।

बैंकले आफ्नो अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाई सबैको बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनी तथा कर्मचारीप्रति हार्दिक आभार प्रकट गरेको छ।

बैंकले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधाहरू प्रदान गर्दै थप नयाँ उचाइमा पुग्ने अठोट लिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *