एक युवाको गोली हानी हत्या


विराटनगर । सुनसरीको धरान–इटहरी सडक खण्डको जंगलमा विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए । उनका अनुसार चारकोशे जंगलमा पैदलै आएका युवाको समूहले उनीमाथि गोली हानेको बताइएको छ ।

ढकालका अनुसार चौधरीसँगै आएकी महिला सकुसल रहेकी छन् । चौधरीमाथि तीन जनाको समूहमा आएका व्यक्तिले गोली हानेको बताइएको छ । उनीहरुको खोजी कार्यमा प्रहरी जुटिसकेको ढकालले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *