जीवन बिज्ञान योगमा रक्तदान कार्यक्रम सम्पन्न


भक्तपुर । जीवन बिज्ञान योग संरक्षण समिति देवडोल र बालकोट रेडक्रस सोसाईटिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि सुर्यविनायक नगर पालिका ३ नं वडाध्यक्ष दिपेन्द्र के .सि को प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गर्नु पर्नेमा उहाँको स्वास्थका कारणले उपस्थित हुन सक्नु भएन ।

संरक्षण समित लगायत रेडक्रस शाखा बालकोटले उहांको शिघ्र स्वास्थ लाभको कामना गर्दछ । हाम्रा सम्वाददाता विस्वनाथ ढुङगेलका अनुसार जीवन विज्ञान सिस्नेरी र मुलपानिवाट पनि यस जीवन विज्ञान बालकोटमा आई रक्तदान गर्नु भएको थियो। आजको रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गर्नु भएको थियो। यसमा यहांहरु सबैको सहयोगले यस्तो अवस्थामा पनि आज मानव जिवनमा कहिले र कसलाई आपत पर्छ थाहै नहुने यो एउटा अत्यन्त पूण्यदान यहाँहरुले कमाउनु भएको छ

यसमा म र मेरो संस्थाको तर्फवाट देवडोल जीवन विज्ञान संरक्षण समिति बालकोट ,सिस्नेरी र मुलपानिवाट आई रक्तदान गर्नु हुने सवैलाई धेरै धेरै धन्यवाद छ । साथै यहाँहरुको सधै भरी सहयोगको अपेक्षा गर्दछु भनी रेडक्रस शाखा बालकोटका अध्यक्ष दिवाकर सिलवालले बताउनु भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *