लघुवित्त पीडितद्वारा सिंहदरबार घेराउ

काठमाडौं । लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले आज पनि विभिन्न माग राख्दै प्रदर्शन गरेको छ ।

शनिबार नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न माग गर्दै लघुवित्त पीडितहरुले राष्ट्र बैंकको केन्द्रीय कार्यलय घेराउ गरेका थिए । यस्तै, आज उनीहरुले विभिन्न माग राख्दै जुलुससहित सिंहदरबार घेराउ गरेका हुन् ।

आज पनि उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलाबाट जुलुससहित थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकाली पुगी कोणसभा गरेका थिए । लघुवित्त पीडितहरुले केही समययता लघुवित्तिय संस्थाहरुविरुद्ध प्रदर्शन आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *