कार्यकर्ताले अत्विश्वास गुमाए, नेतृत्व कम्फर्ट जोनबाट बाहिर निस्किनुपर्यो- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेता कार्यकर्ताहरुमा आत्मविश्वास हराएको अवस्था आफुले देखेको बताएका छन् ।

केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले पार्टीका तल्लो तहका नेता कार्यकर्ताको आत्मविश्वास गुमेको बताउदै यसको कारण खोज्नु पर्ने बताएका छन् ।

उनले पार्टीको नेतृत्व आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कनु पर्ने बताउदै आम जनता कार्यकर्ता किन निराश छन् भन्ने बुझ्नु पर्नेमा जोड दिए ।

अहिले नागरिकले तिमीहरुको आव्हान गरे अनुसार व्यवस्था ल्याएर पनि हामीलाई के दियौं भन्ने प्रश्न गरेको उनले बताए ।

महामन्त्री थापाले सरकारमा गएर के दिने भन्ने एजेण्डा स्पष्ट हुनुपर्ने बताउदै हामी सरकारमा गएर के दिन्छौं र विपक्षमा भएको भए जनताले के गुमाउथे भन्ने स्पष्ट हुनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *