भन्सार एजेन्ट पराजुलीको बन्दी प्रत्यक्षीकरणको रिट आज सुनुवाई हुँदै

काठमाडौं । राजस्व अनुसन्धान विभागको थुनामा रहेका भन्सार एजेन्ट यादव पराजुलीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई बुधबार हुने भएको छ । ८० देखि १ सय किलो सुन तस्करी प्रकरणमा ७८२ नम्बरका एजेन्ट पराजुलीलाई राजस्वले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अनुसन्धान जारी छ ।

न्यायधीस कुमार चुडालका इजलासमा पराजुलीको रिट सुनुवाई हुने भएको हो । राजस्व अनुसन्धान विभागले पराजुलीलाई गैरकानुनी थुनामा राखेको भन्दै पराजुलीको तर्फबाट अधिवक्ता बिक्रम भण्डारीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । ‘रेडी ट्रेड प्रालि’ बुढानिलकण्ठले ‘ब्र्रेक प्याड’को नाममा मगाएका सुन पराजुलीको एजेन्ट नम्बर प्र्रयोग गरेर राजेन्द्र राईले प्रज्ञापन पत्र भरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट छुटाएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा साँझ सो सामान राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसमा करिब ८० देखि १ सय किलो सुन रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *