कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले पदमा बस्ने नैतिकता गुमाएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद शर्माले क्वीन्टलका क्वीन्टल सुन तस्करको प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले हामीलाई थाहा छैन भनेर सुख नपाइने बताए ।

उनले भने- ‘अहिलेको गृहमन्त्री र अर्थमन्त्रीले कि त दिन तोकेर मुख्य नाइकेलाई बाहिर ल्याउनु पर्यो हैन भने यस प्रकरणलाई निष्पक्ष छानबिन गर्न सहयोग गर्न राजीनामा दिनुपर्छ ।’

उनले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा नदिएमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणबाट फर्केपछि संसदमै आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *