एभरेष्ट बैंकले जिडब्लुका गाडी किन्दा ८० प्रतिशतसम्म ऋण दिने


काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र भिजि ईम्पेक्सबीच वित्तीय (फाइनान्सिङ) सम्झौता भएको छ । भिजि ईम्पेक्स नेपालमा जिडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंकसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच ६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूमा ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउका लागि सम्झौता गरेको छ ।

उक्त सम्झौतामा भिजि ईम्पेक्स, जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेका हुन् । जिडब्लु एमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् । जि.डब्लु.एमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ, यो सहकार्य गरिएको हो ।

यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् । एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदर सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ । ३ वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी ब्याजदर १०.८० प्रतिशत ८ रहने कम्पनीले जानकारी दिएको छ । जिडब्लुएमका इलेक्ट्रिक गाडी इलेक्टीकको लागि ब्याजदर मात्र बिआर८ं २.०० प्रतिशत (११.३) प्रतिशतको प्रभावकारी ब्याज दर रहनेछ ।

जि.डब्लु.एमका आईसी मोडेलको गाडीको लागि ब्याजदर मात्र बिआर८ं २.५० प्रतिशत (११.८) प्रतिशतको प्रभावकारी ब्याज दर) रहनेछ । जि.डब्लु.एमका इलेक्ट्रिक गाडी इनेक्टिकको लोन–टु–भ्यालु (लोन–टु–भ्यालुरबैंक फाइनान्स) मा ५० प्रतिशत सम्मको लगानीमा ब्याजदरमा थप ०.५० प्रतिशत छुट उपलब्ध गराइएको छ । सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत निर्धारित गरिएको छ । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *