राष्ट्रपतिको उपचार खर्चसम्बन्धी रिट आज न्यायाधीश सिन्हाको इजलासमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्च राज्यले बेहोर्ने सन्दभएमा परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ । उपचार खर्च सरकारले बेहोर्ने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्चवापत ५५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो । सरकारको सो निर्णय बदर गर्न माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उक्त रिटको पेसी आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा (न) नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

राष्ट्रपति उपचारका लागि भारत गएसँगै नेपालमा त्यसको व्यापक बिरोध भएपछि राष्ट्रपति पौडेलको सचिवालयले राष्ट्रपतिको उपचारखर्च व्यक्तिगतरुपमा राष्ट्रपति आफैंले बेहोर्न चाहेको विज्ञप्ति जारी गरेको थियो । तर आफैंले बेहोर्नै भनेको ५५ लाख रुपैयाँ भुक्तानीका लागि निवेदन दिएसँगै सरकारले उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो । त्यसको लागि ५५ लाख रुपैयाँ निकासा गर्न अर्थमन्त्रालयमा पत्र पुगेपछि रकम निकासा नगर्न र मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट परेको हो ।

उक्त रिट न्यायाधीश सिन्हाको इजलासमा आज परेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *